काठमाडौं – गत आर्थिक वर्ष ०८१/८२ का लागि आफ्ना शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय सिद्धार्थ बैंक लिमिटेडले गरेको छ। बैंकको सञ्चालक समितिको मंगलबार बसेको ४६१औं बैठकले उक्त निर्णय गरेको हो।
बैठकले वितरणयोग्य मुनाफाबाट कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसअन्तर्गत ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहनेछ।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ छ। बैंकले बोनस शेयरका रूपमा ७० करोड ४४ लाख ९९ हजार १० र नगद लाभांशका रूपमा ७७ करोड ९१ लाख ७५ हजार ९०५ वितरण गर्नेछ।

यसरी कुल १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ बराबरको लाभांश वितरण हुनेछ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी साधारण सभाबाट पारित गरिनेछ।
