COVID-19 को युगमा जीवन : नरेन्द्र मोदी

विविध

यो शताब्दीको तेस्रो दशकमा यो अलमल्ल सुरुवात हो, COVID-19 ले यसमा धेरै अवरोधहरू ल्याएको छ।

कोरोनाभाइरसले व्यावसायिक जीवनको रूपरेखामा उल्लेखनीय परिवर्तन गरेका छन्।

आजकल, घर नयाँ कार्यालय हो।

इन्टर्नेट नयाँ सभा कक्ष हो।

अहिलेको लागि सहकर्मीहरु संग कार्यालय ब्रेक इतिहास भईसक्यो ।

No alt text provided for this image

म पनि यी परिवर्तनहरू अनुसार आफुलाई ढाल्दै छु। अधिकांश बैठकहरू, चाहे त्यो मन्त्री , सहकर्मीहरू, अधिकारीहरू वा विश्व नेताहरूसँग , अब भिडियो कन्फरेन्सिंगको माध्यमबाट गर्दैछु ।

विभिन्न सरोकारवालाहरुबाट सहि प्रतिक्रिया प्राप्त गर्न भिडियो कन्फरेंसिंगकै माध्यमबाट समाजका विभिन्न वर्गहरुसंग बैठकहरु भएका छन् ।

गैर-सरकारी संस्थाहरू, नागरिक समाज समूहहरू र समुदाय संगठनहरूसँग व्यापक अन्तरक्रियाहरु भएका थिए। रेडियो जॉकीहर संग पनि कुराकानी भएको थियो।

No alt text provided for this image

यस बाहेक, म दैनिक बिभिन्न फोन कलहरू गर्दैछु, समाजका विभिन्न वर्गहरूबाट प्रतिक्रिया लिदैछु ।

मानिसहरूले यस समयमा विभिन्न तरिकाले आफ्नो काम जारी राखेका छन्। हाम्रो चलचित्रकर्मीद्वारा केहि रचनात्मक भिडियोहरू, घरमा रहनको सान्दर्भिक सन्देश दिईरहेका छन् । हाम्रा गायकहरूले एक अनलाइन कन्सर्ट गरे। चेस खेलाडीहरूले डिजिटली चेस खेले र यस मार्फत COVID-19 बिरूद्ध लड्न योगदान पुर्‍याए एकदम नवीन!

कार्यस्थल डिजिटल बन्दै छ र, किन नबनोस ?

टेक्नोलोजीको रूपान्तरणको प्रभाव अक्सर सबैभन्दा बढी गरिबको जीवनमा हुन्छ। टेक्नोलोजीले नै नोकरशाही तन्त्र भत्काउछ , बिचौलिया हटाउँछ र कल्याणकारी उपायहरू तीव्र गर्दछ।

म एउटा उदाहरण दिन्छु:

२०१४ मा हामीले सेवा गर्ने अवसर पाएपछि हामीले भारतीयहरू, विशेष गरी गरिबहरूलाई उनीहरूको जनधन खाता, आधार र मोबाइल नम्बरसँग जोड्ने कार्य शुरू गर्यौं।

यस्तो देखिन्छ कि यस साधारण कामले पनि भ्रष्टाचारमा रोक लगाएको छ जुन दशकौं देखि भइरहेको थियो, साथै सरकारलाई बटनको क्लिकको भरमा पैसा स्थानान्तरण गर्न पनि सक्षम बनाएको छ। यस बटनको क्लिकले फाइल एउटा टेबलबाट अर्को टेबलमा पुग्दा हुने ढिलाई र हप्तौ कुर्नुपर्ने बाध्यताको पनि अन्त्य गर्यो ।

भारतमा विश्वको सबैभन्दा ठूलो त्यस्तो संरचना हुन सक्छ। यस पूर्वाधारले हामीलाई Covid-19 को हालको अवस्थामा करोडौं परिवारहरूलाई फाइदा पुर्‍याउँदै प्रत्यक्ष र तुरुन्त, गरीब र अभावमा भएका व्यक्तिलाई पैसा हस्तान्तरण गर्न ठूलो मदत गरेको छ।

अर्को कुरा शिक्षा क्षेत्र हो। यस क्षेत्रमा पहिले नै थुप्रै विज्ञहरु उल्लेखनीय आविष्कार गर्दै छन्। यस क्षेत्रमा टेक्नोलोजीको इनोवेशनका फाइदाहरु छ। भारत सरकारले पनि DIKSHA पोर्टल जस्ता प्रयासहरू गरिसकेको छ जसले शिक्षकहरूलाई मद्दत गर्न र ई-शिक्षालाई बढावा दिन्छ। पहुँच, इक्विटी र शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले SWAYAM छ। ई-पाठशाला, जुन धेरै भाषाहरूमा उपलब्ध छ, विभिन्न ई-पुस्तकहरू र त्यस्ता शिक्षण सामग्रीहरूमा पहुँचको सुनिस्चितता गर्दछ ।

आज, विश्व नयाँ व्यापार मोडेलहरूको खोजीमा छ।

भारत, एक युवा देश हो र यो नवीन जोसका लागि परिचित छ । भारतले बदलिँदो परिस्तिथिमा एक नयाँ कार्य संस्कृतिको नेतृत्व लिन सक्छ।

म यो नयाँ व्यवसाय र कार्य संस्कृति निम्न स्वरहरूमा पुन:परिभाषित भइरहेको कल्पना गर्दछु।

म तिनीहरूलाई नयाँ सामान्यको स्वर भन्छु – किनभने अंग्रेजी भाषामा स्वरहरू जस्तै, यी COVID पछिको विश्वमा कुनै पनि व्यवसाय मोडेलको आवश्यक अंश बन्नेछन् ।

अनुकुलता :

हालको समयको आवश्यकता व्यवसाय र जीवनशैली मोडेलहरू सोच्नको लागि हो जुन सजीलै समय अनुसार अनुकुल होस् ।

त्यसो गर्नुको अर्थ भनेको सन्कटको समयमा पनि हाम्रो कार्यालयहरू, व्यापारहरू र व्यवसायहरू द्रुत गतिमा अघि बढ्न सक्दछन्, जसले जीवनलाई नोक्सान नहुने सुनिश्चितत दिन्छ ।

अर्को उदाहरण टेलिमेडिसिन हो। वास्तवमै क्लिनिक वा अस्पताल नगईकन हामी पहिले नै धेरै परामर्शहरू लिईरहेका छौं । फेरि यो सकरात्मक संकेत हो। के हामी संसारभरमा थप टेलिमेडिसिन व्यापार मोडेलहरु बिस्तार को लागि मद्दत गर्न सोच्न सक्छौं?

दक्षता :

हुनसक्छ, यो यहीं समय जहाँ हामी दक्ष बन्ने परिकल्पना फेरि गर्नसक्छौ । अफिसमा कति समय खर्च भयो भन्ने कुराबाट मात्रै दक्षता हुनसक्दैन । हामीले सम्भावित मोडेलहरूको बारेमा सोच्नु पर्छ जहाँ उत्पादन र दक्षताको महत्त्व  भौतिक उपस्थितिको  भन्दा बढी होस् । तोकिएको समय सीमामा कार्य पुरा गर्नमा जोड हुनुपर्दछ।

समावेशीता  :

आउनुहोस्, हामी व्यापार मोडलहरू विकास गर्न सक्छौं जसले गरिबहरूको हेरचाह गर्न प्राथमिकता दिन्छ, सब भन्दा कमजोरहरुको लागि , हाम्रो पृथ्वीको लागि !!!

हामीले मौसम परिवर्तनसँग लड्न ठूला प्रगति गरेका छौं । प्रकृतिले हामीलाई आफ्नो भव्यता प्रदर्शन गरीरहेको छ, मानव गतिविधि सुस्त भयो भने यो कती चाँडो फस्टाउन सक्छ भनेर हामीलाई देखाउँदै पनि छ । विकासशील टेक्नोलोजीहरू र अभ्यासहरूमा महत्त्वपूर्ण भविष्य छ जसले यस ग्रहमा हाम्रो नकारात्मक प्रभाव कम गर्नसक्छ । कमबाट अधिक गर्नुहोस्।COVID-19 ले हामीलाई कम लागत र ठूलो मात्रामा स्वास्थ्य समाधानमा काम गर्न आवश्यकता महसुस गराएको छ। हामी हरेक मानवको स्वास्थ्य र स्वास्थ्य जिउन पाउने आधिकारलाई सुनिश्चित गर्न विश्वव्यापी प्रयासहरूको लागि मार्गनिर्देशित गर्ने ज्योति बन्न सक्छौं।हामीले जस्तोसुकै परिस्थिति  भएपनि  हाम्रा किसानहरूको  सूचना, मेसिनरी, र बजारमामा पहुँच छ कि छैन भन्ने कुरा सुनिश्चित गर्न तथा हाम्रा नागरिकरुलाई आधारभूत सामाग्रीहरु सजिलै उपलब्ध गराउन लगानी गर्नुपर्दछ। अवसर :प्रत्येक संकटले  एउटा अवसर ल्याउँदछ। COVID-19 फरक हैन ।परिस्तिथिमा अल्झिनुभंदा आउनुहोस् अब हामीहरू नयाँ अवसरहरू / विकास क्षेत्रहरू के  हुनसक्दछन् मूल्यांकन गरौ , भारत COVID पछि विश्वमा सबभन्दा अगाडि हुनुपर्छ। यसको लागि हामी कसरी हाम्रो मान्छे, हाम्रो कार्य कौसलता , हाम्रो कोर क्षमताहरू प्रयोग गर्न सक्छौ भनेर सोच्नुहोस्।

विश्वव्यापी :COVID-19 ले हमला गर्नुअघि जाति, धर्म, रंग, भाषा वा सीमा देख्दैन।यसकारण  हाम्रो प्रतिक्रिया र आचरणले एकता र भ्रातृत्वलाई प्राथमिकता दिनुपर्दछ। हामी यसमा संगसंगै छौ । इतिहासमा विगतका पलहरू भन्दा फरक, जब देशहरू वा समाजहरूले एक अर्काको बिरूद्ध सामना गरे, आज हामी एकसाथ साझा चुनौतीको सामना गरिरहेका छौं। भविष्य एकजुटता र लचिलोपनको बारेमा हुनेछ। भारतबाट अब हुने ठुला आविस्कारहरु विश्वव्यापी प्रासंगिकता र प्रयोगहुनसक्ने खालका हुनुपर्दछ ।  यी विचार तथा आविस्कारहरुको  सकारात्मक परिवर्तनको क्षमता केवल भारतको लागि मात्र होइन सम्पूर्ण मानवजातिका लागि हुनुपर्दछ। आजभन्दा पहिले भौतिक पूर्वाधारलाई  हेर्ने दृस्टीण भनेको  – सडक, गोदामहरू र  पोर्टहरू थियो  । तर भौतिक विशेषज्ञहरु आज विश्वव्यापी आपूर्ति श्रृंखलाहरु आफ्नै घर भित्रबाट  आरामले  नियन्त्रण गर्न सक्छन् । भौतिक तथा वास्तविक सहि मिश्रणको साथ भारत COVID-१९  पछि विश्वमा जटिल आधुनिक बहुराष्ट्रिय आपूर्ति श्रृंखलाको वैश्विक केन्द्रको रूपमा उदाउन सक्छ। हामी यस अवसरमा उठौं र यो अवसर प्रयोग गरौं।

म तपाइँ सबैलाई यस बारे सोच्न र यो पथमा योगदान दिन आग्रह गर्दछु।

BYOD (अफ़िसबाट) बाट  WFH (घर बाट काम ) मा भएको परिवर्तनले आधिकारिक र व्यक्तिगत सन्तुलन गर्न नयाँ चुनौतिहरु ल्याउँछ। जे भए पनि फिटनेस र व्यायाममा समय दिनुहोस्। योगालाई शारीरिक र मानसिक सुस्वास्थ्यको लागि एक साधनको रूपमा प्रयास गर्नुहोस्।

भारतको परम्परागत औशधी  प्रणाली शरीर फिट राख्नको लागी प्रख्यात छ । आयुष मन्त्रालयले  स्वस्थ रहन मद्दत गर्ने एक प्रोटोकल ल्याएको छ। यसलाई पनि एक नजर हेर्नुहोस्।

अन्तमा, र महत्त्वपूर्ण कुरा, कृपया आरोग्या सेतु मोबाइल एप डाउनलोड गर्नुहोस्। आधुनिक टेक्नोलोजिले सुसज्जित यो एपले  COVID-19 को सम्भावित प्रसार रोक्न मद्दत गर्छ । अधिक डाउनलोड, अधिक यसको प्रभावकारिता। तपाईं सबैबाट सुन्न प्रतीक्षा गर्नेछु  … 

(यो सामग्री भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो Linkedin प्रोफाइलमा प्रकाशित गर्नुभएको लेखको अनुवाद हो ।)