सानिमा बैंकले घोषणा गर्यो ७.३६८५% नगद लाभांश

बैंक/वित्त

काठमाडौं: सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको असोज ३, २०८२ मा बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस प्रस्तावअनुसार, बैंकले कुल १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ।

हाल बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रहेको छ।

यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ।