जेनजी आन्दोलनपछि सुधार देखिए पनि अवस्था पूर्ण सामान्य नभएको भन्दै भारतले आफ्ना नागरिकलाई नेपाल यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
दूतावासले भनेको छ, “नेपालको स्थिति विगतका केही हप्तासँग तुलना गर्दा सुधार भएको छ। तर नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूले सावधानी अपनाउनका साथै दूतावास वा स्थानीय अधिकारीहरूले जारी गर्ने सल्लाह पालना गर्नुपर्छ।”
काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको एडभाइजरीमा सडक यातायात र उडान सामान्य तर सावधानी आवश्यक रहेको उल्लेख छ। दूतावासले हेल्पलाइन नम्बर, आपतकालीन सम्पर्क र इमेल पनि सार्वजनिक गरेको छ।


