काठमाडौं – एनआईसी एशिया बैंकले सन्तोष कुमार राठीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) नियुक्त गरेको छ।
पूर्व सीईओ रोशन कुमार न्यौपानेले राजीनामा दिएपछि असोज २ गते बसेको सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
न्यौपाने पहिलाेपटक २०७५ मंसिरमा बैंकको सीईओमा नियुक्त भएका थिए । ४ वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेपछि बैंक सञ्चालक समितिले न्यौपानेलाई दोस्रोपटक २०७९ कात्तिकमा बैंकको सीईओमा नियुक्त गरेको थियो ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
