जेनजी आन्दोलनमा क्षति पुगेको रा.वा.बैंक शाखा अवलोकनमा गभर्नर पौडेल

बैंक/वित्त

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको स्थलगत अवलोकन गरेका छन्। गत २४ गते जेनजी आन्दोलनका क्रममा लुटपाट र तोडफोड भएको उक्त शाखाको अवस्थाबारे उनले प्रत्यक्ष जानकारी लिएका हुन्।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडि अवस्थित शाखामा आन्दोलनकारीहरूले तोडफोड गर्दै लुटपाट गरेका थिए। यस घटनामा संलग्न पाँच जनालाई नेपाली सेनाले पक्राउ गरिसकेको छ।

त्यसैबीच, लुटपाटका क्रममा बाटोमा छोडिएको रकम सुरेश देउलाले फेला पारी जिल्ला प्रहरी परिसर, ललितपुरमा बुझाएका छन्। उनले फेला पारेको ५ लाख १० हजार ५ सय रुपैयाँ प्रहरीले सुरक्षित गरेको छ।