काठमाडौं। सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान प्रतिनिधि सभा विहुने गरी राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गर्नुभएको हो।
राष्ट्रपतिको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, नयाँ प्रतिनिधि सभाको निर्वाचन मिति पनि तोकिएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, नयाँ प्रतिनिधि सभाका लागि २०८२ साल फागुन २९ गते बिहीबारका दिन निर्वाचन हुनेछ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको यो निर्णयसँगै मुलुक चुनावी माहोलमा प्रवेश गरेको छ। राष्ट्रपतिको कार्यालयका उपसचिव रुपेश जंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिनिधि सभा विघटनको घोषणा र नयाँ निर्वाचनको मिति सार्वजनिक गरिएको छ।


