काठमाडौं – राजनीतिक सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। उहाँले आजै राति ९ बजे शपथ ग्रहण गर्नुहुने भएको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै शपथ ग्रहणको कार्यक्रम तय गर्नुभएको हो। यससँगै नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री बन्नु भएको छ। विस्तृत विवरण आउन बाँकी छ।
