जेन–जी आन्दोलन उग्र, ओलीविरुद्ध चर्को नारा

समाचार

सोमबारदेखि सुरु भएको जेन–जी आन्दोलनले उग्र रुप लिएको छ ।

मंगलबार आन्दोलनलाई समर्थन गर्दै अन्य युवाहरु पनि काठमाडौं आएपछि आन्दोलन झन् भड्किएको छ । उनीहरुले युवा मार्न पाइदैँन्, युवा मार्न पाइदैँन् भन्ने खालको नारा लगाइरहेका छन् ।

उनीहरुले अब पनि परिवर्तन नभए यो देशमा केही हुन नसक्ने भन्दै परिवर्तनको माग गरिरहेका छन् भने निर्वाचनको पनि माग गरेका छन् ।

उनीहरुले केपी चोर देश छोड, ज्यानमारा प्रधानमन्त्री मुर्दावाद, हत्यारा गृहमन्त्री मुर्दाबाद, विद्यार्थी मार्न पाइदैँन्, जस्ता नाराहरु लगाई रहेका छन् ।

बानेश्वरमा एकजना युवा पक्राउ परेका छन्, भने एकजना वृद्धले भने आन्दोलनमा मृत्यु भएका २१ जना के गरेका थिए भन्ने प्रश्न गर्दै अगाडि आएका थिए ।

उनीहरुले बाटोमा टायर बालेका छन् भने प्रहरीले बनाएका ब्यारियर पनि तोडेर अगाडि बढेका छन् ।