काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारलगायत क्षेत्रमा भइरहेको निरन्तर आगलागी र अन्य प्रतिकूल परिस्थिति हवाई सुरक्षाका लागि खतरनाक बन्दै गएपछि यस्तो निर्णय गरिएको हो। आकाशमा रहेका जहाजलाई सुरक्षित अवतरण गराएपछि बाँकी सबै उडान रद्द गरी विमानस्थल बन्द गरिएको अधिकारीले बताए।
विमानस्थलको सुरक्षा जिम्मा हाल नेपाली सेनाले लिएको छ।

