गोरखामा रात्रिबस दुर्घटना : २१ जना घाइते

समाचार

काठमाडौं ।  काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।

मंगलबार बिहान गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका  डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।