वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा रूपन्देही–३ मा रास्वपाको तर्फबाट उम्मेदवार

राजनीति

काठमाडौं,आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट डा. लेखजंग थापा उम्मेदवार हुने भएका छन्।

रूपन्देही–३ बाट उम्मेदवार बन्नका लागि रास्वपामा ९ जनाले आवेदन दिएका थिए। पार्टीको प्राइमरी इलेक्सनमार्फत डा. थापा अन्तिमत: उम्मेदवारका रूपमा चयन भएका हुन्।

उम्मेदवारी आकांक्षीमा थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका थिए।

रूपन्देहीको सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट ‘सेफ्टी, क्वालिटी, लिडरसिप एण्ड इन्फमेटिभ’ कार्यक्रममा स्नातक पूरा गरेका छन्।