नाडाको ऐतिहासिक मोड: महासंघतर्फको कदम औपचारिक पार्न विशेष साधारण सभा

अर्थ

मिति २०८२ भाद्र ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षा पछि नाडालाई विधानतस् महासंघमा लैजाने निर्णयार्थ मिति २०८२ भाद्र २४ गते, मङ्गलबार बिहान ११:०० बजे, द प्लाजा, झम्सिखेल, ललितपुरमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको यस्तो ऐतिहासिक निर्णयलाई कार्यान्वयनमा लैजान नाडाका सदस्यज्यूहरूको निर्णायक र अहम भूमिका हुने भएकोले यहाँको उपस्थितिका लागि नाडाको केन्द्रीय कार्यसमितिले आग्रह समेत गरेको छ ।

स्वयम सदस्यज्यूहरूको लामो समय देखिको इच्छ्या, चाहना र आकांक्षालाई मूर्तरूप दिन यस्तो निर्णय गरिएको र यसले नाडालाई वास्तविक रुपमै राष्ट्रिय स्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हक हितको समेत समुचित रुपमा संरक्षण हुने सबै सदस्यहरुको उपस्थितिका लागि नाडाको केन्द्रीय कार्यसमितिले आग्रह समेत गरेको छ ।