हिमालयन ८०-२० को प्रतिफल घोषणा, १६ करोड १६ लाख बाड्ने

बजार

काठमाडौ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०-२० ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।

हिमालयन ८०-२० ले आफ्ना इकाईधनीहरुलाई करसहित १६.१६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। जस अनुसार योजनाको ईकाइ धनीहरुलाई १६ करोड १६ लाख रुपैयाँ प्रतिफल बितरण गरिनेछ ।

भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

साथै योजनाको ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचना यथासक्य छिटो प्रकाशित गरिने कम्पनीले जनाएको छ ।