डिम प्रसाद पौडेल कृषि विकास बैंकको अध्यक्षमा नियुक्त

बैंक/वित्त

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयले नियुक्त गरेको हो । यसअघिका अध्यक्ष रामशरण पुडासैनीलाई सरकारले प्रशासनिक प्रशिक्षण प्रतिष्ठान–स्टाफ कलेज)मा नियुक्त गरेपछि अध्यक्ष पद रिक्त रहेको थियो ।

नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेल सँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्ष भन्दा लामो व्यावसायिक अनुभव छ।

अर्थमन्त्रालयले सञ्चालक नियुक्त गरेपछि बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो । उनले आजै नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलसँग पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन् ।