काठमाडौं । । The Export and Import Bank of China (CEXIM) बैंकले सनिमा बैंक लिमिटेडलाई एजेन्ट नियुक्त गरेको छ । मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेघावाट)–१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण/मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट (Agent) बैंक नियुक्त गरेको हो । CEXIM बैंकको चिन स्थित Sichuan शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र CEXIM बिच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।
उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फवाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र CEXIM को तर्फवाट Sichuan शाखाकी उपाध्यक्ष Ms. Wu Yanhui ले हस्ताक्षर गरेका थिए । उक्त विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, CEXIM बैंक Ms. Wu Yanhui शाखाका अध्यक्ष Mr. Chen Shengrong, र SGIC समेतको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले एजेन्सी बैंकको रुपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गर्नु भएकोमा सबै सरोकारवालाहरु प्रति आभार व्यक्त गरेका थिए । साथै, ऋभ्ह्क्ष्ः बैंक संगको महत्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तराष्ट्रिय ब्यापार सम्बन्ध विस्तार भई व्यापार प्रबद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

