“लङ फर्म अडिट रिपोर्टमा नयाँ संरचना: राष्ट्र बैंकको संशोधित निर्देशिका”

बैंक/वित्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको लङ फर्म अडिट रिपोर्ट निर्देशिका संशोधन गरेको छ।

सोमबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जन गर्दै अडिट रिपोर्टको संरचना परिवर्तन गरेको हो।

संशोधित निर्देशिका अनुसार अब बैंकहरूले तयार पार्दै आएको अघिल्लो ढाँचाभन्दा भिन्न, राष्ट्र बैंकले तोकेको नयाँ ढाँचा अपनाएर आगामी आर्थिक वर्षदेखि अडिट प्रतिवेदन तयार गर्नुपर्नेछ।

नयाँ निर्देशिकामा बैंकहरूले लेखापरीक्षण प्रतिवेदनमा आईटी र साइबर सुरक्षा जोखिमसम्बन्धी राय अनिवार्यरूपमा प्रस्तुत गर्नुपर्नेछ। त्यस्तै, आन्तरिक नियन्त्रण प्रणाली, कम्प्लायन्स फङ्सन, राष्ट्र बैंकको अनुगमन प्रतिवेदन र डिजिटल बैंकिङसम्बन्धी राय समेत प्रतिवेदनमा समावेश गर्नुपर्नेछ।

यसबाहेक, भुक्तानी प्रणाली, पुँजी पर्याप्तता र पुँजी अनुपालनबारे पनि स्पष्ट उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

Circular-1-LFAR_merged-2