काठमाडौं । पशुपति पौडेल नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पौडेललाई बैंकको सीईओमा नियुक्त गरेको छ ।
बैंकका अनुसार पौडेलेले आइतबारदेखि नै सीईओकाे कार्यभार सम्हालेका छन् ।
यसअघि बैंकका सीईओ रहेका विष्णु रेग्मीले स्वास्थ्यको कारण देखाई पदबाट राजीनामा दिएका थिए ।

