“Financial Dashboard Green: २० वाणिज्य बैंकको कुल नाफा ७१ अर्ब पार”

बैंक/वित्त

काठमाडौं, सञ्चालनमा रहेका २० वाणिज्य बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार अधिकांश बैंकको नाफा र वित्तीय सूचकहरूमा सुधार देखिएको छ। लामो समयदेखि खराब कर्जाको दबाबमा रहेका बैंकहरू क्रमशः सुधारतर्फ उन्मुख हुँदै नाफामा वृद्धि गर्न सफल भएका छन्।

बैंकहरूले प्रकाशित विवरणअनुसार गत आर्थिक वर्षमा २० वाणिज्य बैंकको कुल नाफा ७१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ४३.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकहरूले ४९ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।

नेपाल राष्ट्र बैंकले वित्तीय विवरण प्रकाशनको म्याद १५ दिन थप गरेपछि बैंकहरूले यसको लाभ उठाएका हुन्। साथै, केन्द्रीय बैंकले २ करोडसम्मका लघु, घरेलु, साना र मझौला क्षेत्रको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको सुविधा दिएकोले पनि बैंकको नाफामा सुधार देखिएको छ। निर्माण क्षेत्र र चालु पुँजी कर्जा सम्बन्धी नियममा संशोधनले प्रोभिजनिङ घटाउन मद्दत पुगेको छ। यसले विगत दुई वर्षदेखि लाभांश नदिएका बैंकलाई नाफा सुधारेर यस वर्ष लाभांश वितरण गर्ने क्षमता पनि दिएको छ।

२० वाणिज्य बैंकमध्ये नबिल बैंकले सबैभन्दा उच्च नाफा गरेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत नाफा वृद्धि गर्दै अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अर्ब ७५ करोड ६६ लाख ग्लोबल आइएमई बैंक अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा गर्दै दोस्रो तेस्रो स्थानमा छन्।

सबैभन्दा कम नाफा एनआईसी एशिया बैंकले गरेको , जसको नाफा १६ करोड १५ लाख मात्र रहेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ७७ प्रतिशतले घटेको हो।