अमुदी फुड्सले २० करोडको आईपीओ जारी गर्ने: U-n-Me Snacks Aiming for Global Expansion

बजार

काठमाडौं । अमुदी फुड्स लिमिटेडले प्रति शेयर अंकित मुल्य एक सय रुपैयाँ दरको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । साउन २६ गतेका दिन ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा अमुदी फुड्स लि.को को तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

यस कम्पनीकोे कर्पोरेट अफिस काठमाण्डौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरमा रहेको छ भने चितवनको भरतपुर न.पा.वडा नं. १२, गोन्द्राङमा फुड्स उत्पादन गर्ने उद्योग रहेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद तथा ख्यातीप्राप्त व्यक्तित्वहरुको लगानी रहेको छ ।

अमुदी फुड्स लिमिटेडले U-n-Me   ब्रान्डद्वारा गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको छ । उद्योगबाट उत्पादित U-n-Me  ब्रान्डको प्रोडक्टले स्वदेश तथा विदेशमा नेपाली स्वादको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ । यस उद्योगको क्षमता अभिवृद्धि गरी नुडल्स उत्पादन मार्फत बजार विस्तार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा U-n-Me लाइ एक प्रतिष्पर्धी ब्रान्डको रुपमा स्थापित गर्ने विश्वास लिएको छ ।