नेपली युवाले चलाएका दुई व्यबसाय अष्ट्रेलियाको प्रशिद्ध लोकल बिजनेस अवार्ड पारामाटा २०२५ बाट सम्मानित

समाचार

काठमाडौ । .अष्ट्रेलियामा रहेका दुई नेपाली नेतृत्वका उद्यमहरू क्लिक कन्सल्टिङ्ग ग्रूप र आइटी टुगेदरले बिजनेस अवार्ड परमाटा जितेका छन । उत्कृष्ट शिक्षा सेवा तर्फ क्लिक कन्सल्टिङ्ग (Click Consulting Group) ग्रूप र आइटी टुगेदर-(IT Together ) ले उत्कृष्ट नयाँ व्यवसायका रुपमा परामाटा सम्मान प्राप्त गर्न सफल भएका हुन् ।

क्लिक कन्सल्टिङ्ग ग्रूपले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूलाई आइटी, लेखा, इञ्जिनियरिङ र साइबर सुरक्षामा जागिर खोज्न मद्दत गरेर ठूलो परिवर्तन ल्याइरहेको छ ।

अहिलेसम्म, यस ग्रूपले सयौँ विद्यार्थीहरूलाई सफलतापूर्वक आफ्नो करियर सुरु गर्न मद्दत गरेको छ । अर्कोतर्फ आइटी टुगेदरले प्राविधिक स्टार्टअपका साथै साना र मझौला व्यवसायहरूलाई एआइ सञ्चालित सिआरएम समाधानहरू मार्फत आफ्नो दैनिक कार्यहरू स्वचालित गर्न मद्दत गरिरहेको छ । वास्तविक व्यावसायिक समस्याहरू समाधान गर्ने उनीहरूको नवीन दृष्टिकोणले उत्कृष्ट नयाँ व्यवसायको उपाधि दिलाएको हो ।

यी उद्यमहरूमा नेपाली युवा ओम राउत, सन्तोष श्रेष्ठ, विकास रिजाल, सुनील सिग्देल र अनिस कार्की रहेका छन् । उनीहरूको कामले जोश, कडा परिश्रम र सही सोचका साथ युवा आप्रवासीहरूले विदेशमा सफल हुनुका साथै समुदायलाई पनि फिर्ता दिन सक्छन् भन्ने कुराको अनुभुति गराएको छ । उनीहरूको सफलता केवल व्यक्तिगत जित मात्र नभइ अष्ट्रेलियामा रहेका सबै नेपालीहरूका लागि गर्वको विषय बनाएको छ । यो अवार्ड युवाहरुले प्रवद्र्धन गरेका स्टार्टअपलाई प्रतिश्पर्धाका आधारमा प्रदान गरिन्छ ।