नेपाल–पोर्चुगल सम्बन्ध विस्तारमा छलफल: सीएनआईका प्रतिनिधि र राजदूत पौडेलबीच भेटवार्ता

समाचार

लिस्बन । नेपाल उद्योग परिसंघ (CNI) अन्तर्गतको ग्लोबल व्यापार तथा प्रवासी समिति (Global Business and Diaspora Committee) का अध्यक्ष चन्द्र टन्डनले पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलसँग भेटवार्ता गरेका छन्।

छलफलका क्रममा दुई पक्षबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलगायत विषयमा गम्भीर कुराकानी भएको थियो।

पोर्चुगलमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान तथा हकहितको संरक्षणमा पनि दुवै पक्षबीच विचार विमर्श भएको थियो।