दुर्गा प्रसाईं कारागारबाट रिहा

अपराध तथा सुरक्षा राजनीति

उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट रिहा भएका छन् । डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई भर्खरै रिहा गरेको हो ।

१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो । अदालतले तोकेको धरौटीको रकम बुझाएर उनी डिल्लीबजार कारागार फर्किएको झन्डै दुई घण्टापछि कारागार प्रशासनले रिहाईको प्रक्रिया टुंग्याएर उनलाई छोडेको हो ।