सेयर बजार परिसुचक नेप्से चार वर्ष यताकै उच्च ३००० अंक माथि

बजार

काठमाडौँ । सेयर बजार परिसुचक नेप्से चार वर्ष यताकै उच्च अंकमा पुगेको छ । आइतबार नेप्से बजार खुलेको ४० मिनेट नपुग्दै नेप्से २४.६२ अंकले बढेर ३००८.५२ अंकमा पुगेको हो ।

यसअघि नेप्से २०७८ भदो २ गते बुधबार ३१९८ अंकमा पुगेर सेयर बजारको इतिहासमा कीर्तिमान बनाएको थियो । तर त्यसपछि नेप्से क्रमीक रुपमा ओरालो यात्रामा थियो ।

नेप्सेले गत आर्थिक वर्षको साउन ३० मा कारोबार रकममा रेकर्ड कायम गरेपनि इन्डेक्समा उचाई लिन सकेका थिएन । गत आर्थिक वर्षको साउन ३० मा कारोबार रकम २९ अर्ब ९५ करोड रुपैयाँ पुग्दा नेप्से भने ३००० अंकमा रोकिएको थियो ।