डुबेर बेपत्ता भएका बालकको शव फेला

समाचार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१  बागमती नदी (नुनथर)मा जल भर्ने क्रममा डुबेर बेपत्ता भारतीय बालकको शव फेला परेको छ ।

बोलबमका लागि जल भर्ने क्रममा शुक्रबार साँझ नदिमा डुबेर बेपत्ता भएको बालकको शव शनिबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र सशस्त्र प्रहरीको संयुक्त टोलीले बालकको खोजी गर्ने क्रममा शव फेला परेको रौतहट प्रहरी  प्रवक्ता तथा  प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले बताए ।

भारत बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया बस्ने शिवशङ्कर साहका १४ वर्षीय छोरा पवन कुमार साहको शव फेला परेको उनले जानकारी दिए ।

बालकको घटनास्थलदेखि करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा  शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बालकको शवलाई परिवारलाई जिम्मा दिएको र उक्त घटना सम्बन्धमा आवश्यक  अनुसन्धान भैइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।