वैदेशिक व्यापार १९% ले बढ्दा पनि व्यापार घाटा १५ खर्ब नाघ्यो

आर्थिक

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपालको समग्र वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढेको छ । यस्तै आयात १३.२५ प्रतिशत तथा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

गएको एक वर्षको अवधिमा वैदेशीक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँको पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको १९.२४ प्रतिशतले धेरै हो । अघिल्लो अािर्थक वर्षमा वैदेशीक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदशिक व्यापार भएको थियो ।

विभागका अनुसार समीक्षा अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु नेपालमा आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात १३.२५ प्रतिशत