नगर प्रहरीको ज्यादतिको बिरोधमा न्यूरोडमा व्यवसायीको ‘सटर डाउन’

समाचार समाज

काठमाडौँका न्यूरोडको ताम्राकार हाउस क्षेत्रमा व्यवसायीहरूले सटर डाउन गरेका छन् । नगर प्रहरी बलले ग्राहकहरूलाई एक छिन मोटरसाइकल रोक्दा पनि ह्विल लक गरेको भन्दै नगर प्रहरीसँगको विवाद पछि व्यवसायीहरूले सटर डाउन गरेका हुन् ।

एक छिन पनि ग्राहकलाई उभिन नदिने गरी नगर प्रहरीले ज्यादती गरेपछि व्यवसायीहरू नै मिलेर पसलहरू बन्द गरेको तथा नगर प्रहरीले पार्किङ नदिँदा समस्या भइरहेको विषय सुनुवाइ नभएपछि शान्तिपूर्ण विरोध गरिएको स्थानीय व्यवसायी बताउछन् ।