काठमाडौं । एशियाली विकास बैंक (ADB) ले सन् २०२५ देखि २०२९ सम्मको चार वर्षे अवधिमा नेपाललाई तिन खर्ब १७ अर्ब रुपैयाँ (२.३ अर्ब डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध गराउने भएको छ।
‘नेपाल साझेदार रणनीति (Country Partnership Strategy–CPS)’ सार्वजनिक गर्दै एडिबीले उक्त सहायता प्राथमिकताका परियोजनाहरूमा केन्द्रित हुने जनाएको छ।
ADB का अनुसार यो चार वर्षे रणनीति नेपालको समावेशी, उत्थानशील, हरित र रोजगारी सिर्जनायुक्त आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यसहित तयार गरिएको हो।

“ADB को Billion Dollar Blueprint: नेपालका लागि १६औँ योजनासँग सहकार्य” CPS अन्तर्गत प्रमुख रणनीतिहरू:
-
निजी क्षेत्रको नेतृत्वमा अर्थतन्त्रको रुपान्तरण
-
रोजगारीमूलक हरित विकासको प्रवर्द्धन
-
समावेशी र गुणस्तरीय मानव पुँजीको विकास
-
डिजिटल रूपान्तरण, सुशासन र संघीय प्रणालीको क्षमता अभिवृद्धि
ADB का अनुसार रणनीति नेपालको १६औं पञ्चवर्षीय योजनासँग मिल्दोजुल्दो रूपमा तयार गरिएको छ। यो रणनीतिले विशेषतः सुशासन, सामाजिक न्याय, साझा समृद्धि र ‘GRID’ अवधारणा (Green, Resilient, Inclusive Development) लाई प्रमुख विषयवस्तु बनाएको छ।
