आज सुनको मूल्य स्थिर

बजार

नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको एक लाख ९३ हजार ७०० कायम भएको छ भने चाँदीको मूल्य दुई हजार १५० निर्धारण भएको छ ।

बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ ।