अध्यात्म र ‘गीता’बारे छलफल गर्न मन्त्री पन्तको सुझाव

विविध समाचार समाज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यात्मका बारेमा सबैले पढ्नुपर्ने बताएका छन् । कल्पना रिजालद्वारा लिखित ‘डाँफे’ कृतिको लोकार्पण कार्यक्रममा बोल्दै उनले ‘गीता’का बारेमा पनि छलफल गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘यसैगरी गीताले पनि हाम्रा धेरै मान्छेहरुलाई प्रभावित पारेको छ । खासगरी गीता के हो, कहिले छलफल गरेका छौं ? यसमा छलफल गर्नुपर्छ । अध्यात्मका बारेमा सबैले पढ्नुपर्छ । लेखकले पढ्ने भनेको एउटा बाँचिरहेको समाज हो, अर्को आफूसँग उपलब्ध ज्ञानका माध्यमहरुलाई पढ्ने हो । राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छ । ज्ञानको ज्योति जति फैलिँदै जान्छ मान्छेको उडान त्यति नै  हुँदै जान्छ ।’

साथै उनले नेपाली साहित्यमा मदनमणी दिक्षितलाई नपढ्नु भनेको एउटा अमुल्य अनुभव नभोग्नु हो भने । उनले वौद्धिक साहित्य, वेद वा दर्शनका बारेमा र हाम्रा प्राचिन वाङ्मयका बारेमा पढ्नुपर्छ भने गहन रुपमा बुझ्नसक्ने बताए ।