नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् । कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् ।
सो अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताएकी उनको सचिवालयले जनाएको छ ।

यस अघि करिब दस दिन अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनालाइ रास्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न निर्देशन दिएका थिए, जुन डा. नीलम ढुङ्गाना द्वारा अहिले सम्म सदर भएको छैन
