धितोपत्र बोर्डद्वारा अध्यक्षमाथिको कमिसन आरोपको खण्डन

अर्थ समाचार

काठमाडौं : नेपाल धितोपत्र बोर्डले अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आएका कमिसनको आरोपलाई कडा शब्दमा खण्डन गरेको छ। हाइड्रोपावर कम्पनीको आईपीओ स्वीकृतिका लागि अध्यक्ष श्रेष्ठले कमिसन मागेको भनिएको समाचारप्रति बोर्डले प्रतिक्रिया दिँदै, ती दाबीहरू “तथ्यहिन, आधारहिन, कपोकल्पित र भ्रमपूर्ण” भएको स्पष्ट पारेको छ।

बोर्डले हाल पुँजी बजारमा भइरहेको सुधारलाई कमजोर पार्न नियोजित रूपमा प्रायोजित समाचार सम्प्रेषण गरिएको आरोप समेत लगाएको छ। “नियामकको छवि बदनाम पार्ने उद्देश्यले यस्तो हमला भएको देखिन्छ”, विज्ञप्तिमा उल्लेख छ।

साथै, अध्यक्ष श्रेष्ठको नाम जोडेर कसैले गैरकानुनी लाभ लिएको प्रमाण भएमा ती विवरण तत्काल बोर्डमा पेश गर्न अपिल गरिएको छ।