अलविदा प्रदीप नेपाल

समाचार

वामपन्थी नेता प्रदीप नेपालको उपचारका क्रममा आज नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको छ।

७१ वर्षीय नेता नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित थिए। सोमबार राति स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो।