बालुवाटारमा राष्ट्रिय झण्डा गाड्न पुगेका बिबेकशील नेपाली दलका कार्यकर्ता पक्राउ

राजनीति

काठमाडौं, ४ बैशाख । भूमाफियाले कब्जा जमाएको बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेको भन्दै विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाडन पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढि नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।