ह्वाइट हाउसको आधिकारिक एकाउन्टमा “ट्रम्पको ‘पोप लुक’ पोस्ट, सामाजिक सञ्जालमा हट डिबेट

अन्तराष्ट्रिय समाचार

अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पको एक तस्वीर अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।

तस्वीरमा उनी पोपको पोशाकमा देखिएका छन् र पोपको झैं मुद्रामा कुर्सीमा बसेका छन्।

यस तस्वीरलाई ह्वाइट हाउसको आधिकारिक एकाउन्टबाट पोस्ट गरिएको दाबी गरिएको छ।

यद्यपि, यो तस्वीर AI प्रयोग गरेर बनाइएको हो भन्ने पुष्टि भइसकेको छ।

तर पनि यसले सामाजिक सञ्जालमा ठूलो विवाद र बहस जन्माएको छ। धेरै प्रयोगकर्ताहरूले यो तस्बीरलाई पोप फ्रान्सिसको मृत्युको मजाक उड़ाएको भनेर आलोचना गरिरहेका छन्।

https://x.com/WhiteHouse/status/1918502592335724809/photo/1