सर्वनाशले ल्याए ‘के भाको’

मनोरंजन समाचार

काठमाडौँ । सर्वनाशको साङ्गीतिक नामले परिचित गायक तथा ¥यापर सरोज मगरले नयाँ ¥याप गीत ‘के भाको’ सार्वजनिक गरेका छन् । जमलस्थित विश्वज्योति मलमा रहेको राजा लाउन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भिडियोसहित गीतलाई सार्वजनिक गरेका हुन् ।

युट्युबमा रहेको उनकै म्युजिक च्यानल ‘सर्वनाश म्युजिक’ मार्फत सार्वजनिक गरिएको गीतमा गायन र ¥यापमा सर्वनाशलाई डी–चेनले साथ दिएका छन् । यसको सङ्गीत भने कलज्ञ रेकड्र्सले तयार पाएको हो । यसमा बाँसुरी विकेश लामाको सुन्न सकिन्छ ।

गीत सार्वजनिक गर्दै सर्वनाशले अडियो र भिडियोमा उत्तिकै मेहनत गरेको बताए । उनले भने,‘¥यापमा केही गर्ने कोसिस छ, यो भावना व्यक्त गरेको ¥याप गीत हो । हामीले सुखदुःख र आफ्नो भावनालाई यस्तै ¥याप गीतमार्फत सार्वजनिक गर्ने गरेका छौँ । हाम्रो गीत सुन्नेले हामीलाई त्यहिबाट चिन्न र बुझ्न सक्नुहुन्छ । किनकि यो गीत मात्र नभई हाम्रो भावना हो ।’

उनले गीतअनुसार नै भिडियो पनि तयार परेको बताए । गीतको भिडियोलाई जुमनले तपार परेका हुन् । उनकै समूहले छायाङ्कन, सम्पादन र निर्देशनसहित भिडियोका सम्पूर्ण काम गरेको हो । भिडियोमा मुना योञ्जन र कञ्चन श्रेष्ठ फिचरिङ छन् ।

ट्रेक्स प्रोडक्सनले निर्माण गरेको भिडियो हेरेपछि सि