सेभिङ्गको नयाँ डेफिनेसन: नबिल ढुक्क खाता, सेफ, सेक्योर एण्ड हाई रिटर्न

अर्थ बैंक/वित्त समाचार

नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ बजारमा ल्याएको छ। बैंकका अनुसार यस खातामा उच्चतम ७.४० प्रतिशत ब्याजदर प्रदान गरिनेछ। साथै, तीन प्रकारका बीमा सुविधाहरू पनि समावेश गरिएका छन्। ग्राहकहरूले औषधोपचार बीमा बापत एक लाख रुपैयाँ, दुर्घटना बीमा बापत दश लाख रुपैयाँ र प्राणघातक रोग बीमा बापत तीन लाख पचहत्तर हजार रुपैयाँसम्म दाबी गर्न सक्नेछन्।

औषधोपचार बीमा: रु. १ लाख

दुर्घटना बीमा: रु. १० लाख

प्राणघातक रोग बीमा: रु. ३ लाख ७५ हजार

यस खातामा आवद्ध ग्राहकहरूले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट तथा मेरो सेयरको सुविधा प्राप्त गर्नेछन्। साथै, महिनामा पाँच पटकसम्म अन्य बैंकका एटिएमहरूबाट पनि निःशुल्क रकम झिक्न सकिने सुविधा प्रदान गरिएको छ।

निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर सुविधा

महिनामा ५ पटकसम्म अन्य बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न मिल्ने

नबिल फोन लोन सेवा यस खाताको विशेषता हो। त्यस्तैगरी लकर सेवा समेत यस खातामा उपलब्ध रहेको छ, जसअन्तर्गत पहिलो वर्ष लकर निःशुल्क दिइनेछ भने दोस्रो वर्षदेखि ५० प्रतिशत छुट प्रदान गरिने व्यवस्था छ।

नबिल फोन लोन सेवा उपलब्ध

लकर सुविधा: पहिलो वर्ष निःशुल्क, दोस्रो वर्षदेखि ५०% छुट

न्यूनतम एक लाख रुपैयाँ जम्मा गरी खोल्न सकिने यस ढुक्क बचत खाता दैनिक रूपमा आवश्यक बैंकिङ सेवामा विशेष छुट दिने गरी तयार पारिएको हो। ग्राहक वर्गका आवश्यकता पूरा गर्न यो खाता प्रभावकारी हुने नबिल बैंकको विश्वास छ।