नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव: कार्यवाहक गभर्नर डा. नीलम ढुङ्गानाको प्रतिबद्धता

अर्थ समाचार

आज बाट नेपाल राष्ट्र बैंक स्थापनाको ७०औं वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा कार्यवाहक गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले शुभकामना सन्देश दिँदै, नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको सुखद अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्व, अर्थतन्त्रको दिगो विकास तथा सुरक्षित र सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीतिहरू निर्माण र व्यवस्थापनमा सधैं समर्पित रहने प्रतिवद्धता व्यक्त गरिन्।


त्यसैगरी, उनले वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धिमा पनि निरन्तर क्रियाशील रहने प्रतिबद्धता दोहोर्याइन्।