जम्मु काश्मिर हमलाप्रति पूर्वराजा ज्ञानेन्द्रको समवेदना: बसुधैव कुटुम्बकम् अपनाउन अपिल

राजनीति समाचार

काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जम्मु काश्मिर घटनामा भएको क्षतीप्रति दुःख व्यक्त गरेका छन् ।

शनिवार सम्वाद सचिवालयबाट जारी समवेदना वक्तव्यमा भारतको जम्मु काश्मिरस्थित पहलगाममा भएको आतंकवादी हमालप्रति दुःख व्यक्त गर्दै मृतकका आफुन्तप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

उक्त घटनालाई जघन्य अपराधको संज्ञा दिदै पूर्वराजाले धर्मनिसिद्ध पाप कर्म भएको उल्लेख गरेका छन । घटनाले समग्र विश्व र खासगरी हिन्दु समुदायलाई नै मर्मान्त पार्ने यस घटनाको जति निन्दा गरे पनि पर्याप्त नहुने पूर्व राजाको वक्तव्यमा उल्लेख छ ।

यस्ता घटनाको विश्वबाटै र सबैबाट निन्दा हुनुपर्ने भन्दै पूर्वराजाको वक्तव्यमा बसुधैव कुटुम्वकमको मान्यता आत्मासत गर्न अपिल गरिएको छ । पूर्वराजाका सचिवालयबाट सम्वाद सचिव डा. फणिराज पाठकले विज्ञप्ती जारी गरेका हुन् ।