“धम्की र त्रासको हाई भोल्टेज ड्रामा डिफ्युज: अख्तियारको नक्कली कर्मचारी पक्राउ” 

अपराध तथा सुरक्षा विविध समाचार

“अख्तियारको अफिसर हुँ, सिधा सीआईबीमा पहुँच छ!”शहिदनगरका गल्लीगल्लीमा यस्तो गर्जन सुनिन्थ्यो। कोही त्रसित हुन्थे, कोही संशयमा पर्थे। तर धम्की र धोखाधडीको त्यो रङ्गमञ्च धेरै टिकेन — अन्ततः नाटकको पर्दा उदाङ्गियो।

धनुषाको बट्टेश्वर गाउँपालिका–५ कालिपुरका ३३ वर्षीय रामभजन मण्डल, जसले आफूलाई कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास-महोत्तरीको अधिकृत, त कहिले काठमाडौंको सीआईबीको कर्मचारी भन्दै चिनाउँदै हिँडे — अन्तत: प्रहरीले उनलाई झुट र जालसाजीको आरोप मा पक्राउ गरेको छ ।

रामभजन मण्डल मान्छेहरूलाई डर देखाउँथे, धम्की दिन्थे, अनि आफ्नो स्वार्थ साध्न खोज्थे,” प्रहरीले बताए।

पुलिसले तयार गर्यो ट्रयाप प्लानिंग -११ गते दिउँसो करिब १ बजे। स्थान — शहिदनगर नगरपालिका–३।

इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचना पाएपछि जाल बिछायो। मण्डल आफैं फस्दै गये -‘हामी प्रहरी हौं!’ भन्ने आवाजसँगै उनी हेर्दा हेर्दै प्रहरी नियन्त्रणमा पुगे।

जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्तिमा भनिएको छ — मण्डललाई सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ र “ठगी, जालसाजी र मानसिक आतङ्क सिर्जना गरेको आरोपमा थप अनुसन्धान जारी छ।”

जनतामा त्रास फैलाउने योजना बुनेका मण्डल अब आफैं प्रहरी हिरासतमा बस्न बाध्य भएका छन |