लाहोर विमानस्थलमा भीषण आगलागी, सबै उडानहरू रद्द

अन्तराष्ट्रिय समाचार

एजेन्सी, लाहोरको अल्लामा इकबाल अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भीषण आगलागी भएको छ। प्रारम्भिक विवरण अनुसार, पाकिस्तान सेनाको विमान अवतरण गर्दा टायरमा आगो लागेको र त्यसैबाट ठूलो आगलागी फैलिएको बताइएको छ।

आगो नियन्त्रणमा ल्याउनका लागि दमकलहरू तत्काल खटाइएको छ भने सुरक्षाका कारण विमानस्थलको रनवे अस्थायी रूपमा बन्द गरिएको छ।

यस घटनापछि विमानस्थलबाट हुने सबै उडानहरू रद्द गरिएको जनाइएको छ।

आधिकारिक विवरणहरू आउन अझ बाँकी छन्।