बैंकिङ जाइन्ट HSBC ले आफ्ना AGM भौतिकरूपमा नगरी केवल अनलाइनमै सीमित योजना बनाइरहेको समाचार चर्चामा आएको छ।
यो निर्णयले खर्च कटौती र जलवायु परिवर्तनविरुद्धका प्रदर्शनकारीहरूले कार्यक्रम अवरुद्ध गर्ने सम्भावनालाई कम गर्न सक्ने बताइएको छ।
Financial Times को रिपोर्टअनुसार, आगामी शुक्रबार हुने AGM अन्तिमपटक भौतिकरूपमा आयोजना हुनसक्ने अड्कल गरिएको छ। यद्यपि HSBC ले हालसम्म लगानीकर्तालाई प्रत्यक्ष उपस्थित हुने विकल्प हटाउने निर्णय नगरेको दाबी गरेको छ।

बैंकले कार्यक्रम स्थल भाडा, खानपान र सुरक्षा जस्ता कुरामा बचत गर्न चाहेको जनाइएको छ। साथै, २०२२ मा Extinction Rebellion जस्ता जलवायु अभियन्ताहरूले अध्यक्ष मार्क टकरको सम्बोधन अवरुद्ध गरेपछि, यस्ता जोखिम घटाउन पनि अनलाइन AGM विकल्पको चर्चा बढेको हो, तर, आलोचकहरू यस्तो प्रवृत्तिले सेयरहोल्डरस राइट को उल्लंघन हुने भन्दै यसको बिरोध गर्दै आएका छन |

