महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले सम्पूर्ण स्थानमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित महिला पुनर्वास केन्द्र ‘ओरेक’ को ३४ औं वार्षिकोत्सव समारोहमा उनले महिलाहरुबाटै ३३ प्रतिशत सहभागिताको माग हुने हुँदा महिलाहरुले आफ्नो अधिकार चिन्नपर्ने भन्दै अब सम्पूर्ण ठाउँमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताए ।
उनले भने, ‘२०७२ को संविधानले सम्पूर्ण अधिकार दिएको छ । तर त्यसमा महिला पर्नु भएको छैन् । ५१ प्रतिशत महिला जनसंख्या भएको देशमा महिलाहरुबाटै ३३ प्रतिशत सहभागिताको माग हुन्छ । आफ्नो अधिकार चिन्नपर्छ, लिनुपर्छ । परिवर्तन भएको छ । अब सम्पूर्ण ठाँउमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्छ ।’

