नेता गजेन्द्र नारायण सिंहको सालिकमा मन्त्रीले गरे माल्यार्पण

राजनीति

नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले रामनवमीको अवसर पारेर मधेसका मसिहा भनेर चिनिने राजनेता गजेन्द्र नारायण सिंहका विभिन्न सालिकहरूमा माल्यार्पण गरेका छन् ।

सद्भावना पार्टीका संस्थापक अध्यक्ष समेत रहेका स्व.सिंहको ९६औं जन्मजयन्तीको अवसरमा मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर १४ रामपुर, वडा नम्बर ४ मधवापुर चौराहा र ढोडवा चौकमा रहेका सिंहका सालिकहरूमा पुष्पमाला अर्पण गरेका हुन् ।

कार्यक्रममा स्थानीय नेता, सामाजिक अगुवा र सर्वसाधारणको पनि उपस्थिति रहेको थियो । नेताहरुले स्व. सिंहले मधेसको अधिकार र पहिचानको लागि पु¥याएको योगदानको चर्चा गर्दै उनको आदर्श पछ्याउनु पर्ने आवश्यकता औंल्याएका थिए ।