पत्रकार सुरेश रजकको परम्परा अनुसार काठमाडौंको ढल्कोमा गरियो अन्तेष्टी

समाचार

काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा जिउँदै जलाएर हत्या गरिएका एभिन्यूजकर्मी पत्रकार सुरेश रजकको काठमाडौंको इन्द्रायणीमा अन्त्येष्टि गरिएको छ ।

त्यसअघि एभिन्यूज खबरका अध्यक्ष भाष्करराज राजकर्णिकार, समाचार प्रमुख केदार कोइराला, डिजिटल सम्पादक रामेश्वर सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठ साथै रजकका आफन्त शुभेच्छुक र नेपाल पत्रकार महासंघको टाली लगायत अन्य पत्रकारहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

पत्रकार रजक एभिन्यूज खबरका वरिष्ठ फोटो पत्रकार थिए । उनको यही चैत १५ गते तीनकुनेमा राजावादी समर्थक प्रदर्शनकारीले एक स्थानीयका घरमा आगजनी गरेका थिए । सोही क्रममा टेलिभिजनका लागि दृश्य खिचिरहेकै अवस्थामा रजकको जिउँदै जलेर निधन भएको थियो ।