विमानस्थल क्षेत्र आसपासमा लागो लगाएपछि रोकियो उडान , अन्तर्राष्ट्रिय जहाज आकाशमै होल्ड

समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाका कारण देखाउँदै उडानहरू रोकिएका छन्। राजावादी समूहका प्रदर्शनकारीहरूले विमानस्थल क्षेत्र आसपास प्रदर्शन गर्दै लागो लगाएपछि विमानस्थल प्रशासनले यस्तो निर्णय गरेको हो।

प्रदर्शनकारीहरूले विमानस्थल नजिकै रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको मुख्य कार्यालय, सिनामंगल अगाडि आगो बाल्दा अवस्था तनावग्रस्त बनेको थियो। आगो विमानस्थल परिसरभित्रसम्म फैलिएपछि सुरक्षा संवेदनशीलता झन् बढेको र जोखिम न्यूनीकरण गर्न उडान स्थगित गरिएको विमानस्थल प्रशासनले जनाएको छ।

विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय उडानका जहाजहरू गन्तव्यमा अवतरण गर्न नसकी आकाशमै होल्ड गरिएको छ। अवस्था सामान्य बनाउन सुरक्षा निकायहरू परिचालित भएका छन् भने प्रशासनले स्थिति नियन्त्रणमा लिन आवश्यक पहल गरिरहेको छ।