तीनकुनेमा गोली चल्यो

राजनीति समाचार

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ।

घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो। पछि हवाई फायर गरेको हो।

राजा फर्काउने आन्दोलनमा संलग्न प्रदर्शनकारीहरूले स्थानीय व्यक्तिका घरमा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले घरभित्रका कुर्सी र कागजपत्र निकालेर आगो लगाएका हुन्।