एकता मार्गमा अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

समाचार

काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१ वडास्थित एकता मार्गमा सार्वजनिक जग्गा अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गरेका छन् ।

बिहीबार दिउँसो प्राधिकरणका आयुक्त सुभाष बस्नेतको अगुवाइमा सार्वजनिक जग्गा अतिक्रमण गरी सडक विस्तार गरिएको र संरचना बनाइएकाले प्राधिकरणको अगुवाइमा डोजरसहित पुगेका कर्मचारीलाई स्थानीयले अवरोध गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेलको निर्देशनमा उक्त क्षेत्रमा मापदण्ड विपरित संरचना निर्माण गरिएको र सडक विस्तार गरिएको उपत्यका विकास प्राधिकरणका कर्मचारीहरुको भनाइ छ । उक्त क्षेत्रको सडक आठ मिटर कायम गर्नुपर्नेमा ६ मिटरमा खुम्च्याएर सार्वजनिक जग्गा मिचिएको प्राधिकरणको भनाइ छ ।