गभर्नर नियुक्तिका लागि ३ सदस्यीय समिति गठन

अर्थ

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ सदस्यीय समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्यणुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितिमा उपप्रधानमन्त्री पौडेलसहित पूर्वमन्त्री विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका छन् । हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनु अगावै नै  गभर्नर नियुक्तिका लागि सरकारले कदम चालेको हो ।