ग्लोबल मनि विकको अवसरमा ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा वित्तीय सचेतना अभियान

अर्थ समाचार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२५’ को अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। सप्ताहव्यापी रुपमा सञ्चालित उक्त कार्यक्रममार्फत ६ हजारभन्दा बढी विद्यार्थी तथा युवा-युवतीलाई वित्तीय सचेतना सम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरूले आयोजना गरेको वित्तीय सचेतना कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारीहरू सहभागी भएका थिए। बैंकले आफ्ना ३५५ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, वित्तीय ठगी तथा वित्तीय अनुशासन जस्ता महत्वपूर्ण विषयमा जानकारी प्रदान गरिएको थियो।

ग्लोबल आइएमई बैंक हाल नेपालको पहिलो निजी वाणिज्य बैंक हो, जसले ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरिसकेको छ। बैंकले ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, र ३ वटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ। साथै, बैंकले विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै आइरहेको छ।